धनगढी, १८ फागुन/धनगढी उपमहानगरपालिका–६ स्थित जालीको सार्की टोल (हाल शिवनगर)का दलितबस्तीका नागरिक ३८ बर्षदेखी लालपुर्जाकै माग गरिरहेका छन् ।
धनगढीको मुख्य बजारको नजिकै रहेको उक्त बस्तीमा हरेक पटक चुुनावमा भोट माग्न उम्मेदबार आउछन् दलितबस्तीका नागरिकको माग जहिले लालपुर्जाकै हुन्छ, तर, कसैले पनि समस्या नबुझेको उनीहरुको गुनासो छ । उनीहरुको माग अझ पनि फेरिएको छैन । उनीहरुको २०४४ सालदेखि एउटै माग दोहो¥याउँदै आएका छन् । लालपुर्जा कहिले पाइन्छ ? निर्वाचन नजिकिँदा उम्मेदवारहरू आउने क्रम बढे पनि स्थानीयको समस्या भने उस्तै रहेको उनीहरूको गुनासो छ । ५६ घरधुरी बस्नै उक्त बस्तीमा दलितको मात्रै बसोबास रहेको छ ।
स्थानीयका अनुसार २०४४ सालमा मल्ली कटान क्षेत्रबाट बसाइँ सारेर बासुदेवी स्कुल पछाडि बस्ती बसालिएको थियो । समयसँगै टोलको नाम परिवर्तन भई शिवनगर भए पनि जग्गाको स्वामित्व प्रमाणपत्र (लालपुर्जा) पाउने माग भने अझै पूरा हुन सकेको छैन । शिवनगर टोलका अध्यक्ष मानबिर सार्कीले बस्तीको नाम फेरिए पनि समस्या ज्यूँका त्यूँ रहेको बताए । “जग्गा नापी भयो, निस्सा पनि पायौं, तर लालपुर्जा कहिले पाइन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ” उनले भने ।
स्थानीय गांगाराम सार्कीले पनि उम्मेदवारसँग सीधा प्रश्न राख्दै भने, “उम्मेदवारहरू आउनुहुन्छ, आश्वासन दिनुहुन्छ, तर लालपुर्जा दिने ठोस मिति कसैले बताउँदैन ।” त्यस्तै गौमती विकले टोलमा आधारभूत पूर्वाधारकै अभाव रहेको गुनासो गरिन्। “टोलमा खानेपानीको राम्रो व्यवस्था छैन, नाली पनि व्यवस्थित छैन । दलित बस्तीले कति समयसम्म भोट मात्रै हाल्ने ? उनको गुनासो सहितको प्रश्न थियो । यस्तै राधा विकले प्रत्येक निर्वाचनमा भोट माग्न आउने नेताहरूले समस्या समाधानमा चासो नदिएको आरोप लगाइन् । “हरेक पटक भोट माग्न आउँछन्, तर हाम्रो समस्या भने उस्तै छ,”
स्थानीयहरुले यसपटकको निर्वाचनमा आश्वासनभन्दा ठोस काम चाहिएको बताएका छन् । उनीहरूले लालपुर्जा वितरणसँगै खानेपानी र नाली व्यवस्थापनलाई प्राथमिकतामा राख्न उम्मेदवारहरूलाई दबाब दिँदै आएका छन् । स्थनीय तह, प्रदेश सभा होस् वा प्रतिनिधी सभा निर्वाचनमा एउटै माग छ लालपुर्जा कहीले दिन्छौ । ?