धनगढी, १६ फागुन/कैलाली क्षेत्र नम्बर १मा पुराना दल काँग्रेस एमाले आफ्नो सत्ता फर्काउने दाउमा रहेको छ । ७९मा सो क्षेत्रमा राम्रै उपस्तीथि भएको नागरिक उन्मुक्ती फुटेर धुजाधुजा भएर फरक फकर पार्टीबाट उम्मेदबार भएका छन् ।
६४ देखीको यो क्षेत्रमा काँग्रेस एमाले एक पटक पनि आफ्नो प्रतिनिधी जिताउन सकेको क्षेत्र हो । तर, पुरानो निर्वाचनको नतिजा हेर्ने हो भने ४८मा काँग्रेसका गंगाबहादुर कुवर जितेका थिए उनका निकतम एमाले रहेको थियो । ५१ मा काँग्रेसलाई हराउदै फेरी एमालेका हिमान्चल राज भट्टराईले जित निकालेका थिए । ५६मा काँग्रेसकी सुसिला स्वाँरले जितेकी थिईन् उनले त्यो समयमा एमालेका हिमान्चल राज भट्टराईलाई पराजित गरेक थिईन् ।
६४ पछि भने काँग्रेस एमाले त्यो क्षेत्रमा कहिलै जितेको छैन । एमाले काँग्रेसको पकड राम्रो भएतापनि चार पटक फरक फरक पार्टीले जित हासिल गरेको क्षेत्र हो । ६४मा माओवादीबाट रुपमा चौधरी, ७० मा फोरक लोतान्त्रीकबाट जनकराज चौधरी, ७४मा राष्ट्रिय जनता पार्टीबाट रेशमलाल चौधरी र ७९मा नागरक उन्मुक्ती पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरीले जित निकलेकी थिईन् ।
अहिले कैलाली निर्वाचन क्षेत्रमा भने मुख्य पाँच राजनीतिक दलको प्रतिशप्रर्धा देखिएको छ । काँग्रेस, एमाले, नेकपा, रास्वपा र उज्याले नेपाल पार्टी बिच कसले जित्ने भन्ने दौडधुप चलेको छ । काँग्रेसबाट जनकराज चौधरी, एमालेबाट द्धारीका न्यौपाने, नेकपा रामलाल डगौरा थारु, रास्वपा कमला ज्ञवाली र उज्याले नेपाल पार्टीबाट प्रदिप चौधरी निर्वाचनमा होमिएका छन् । जनकराज चौधरी ७०मा संबिधान सभा सदस्य भईसकेका हुन् । नेकपाका रामलाल चौधरी टीकापुरबाट मेयर पद त्यागेर निर्वाचनमा होमिएका छन् । उज्याले नेपालका प्रदिप चौधरी जानकी गाँउपालिकाका निवातमान अध्यक्ष समेत भईसकेका हुन् । एमालेका द्धारीका न्योपाने र रास्वपाकी कमाला ज्ञवाली भने अहिले सम्म कुनै पदमा सहभागि भएका छैनन् ।
नागरिक उन्मुक्ती पार्टी छोडेर फरक फकर दल रोजेर उम्मेदबार
कैलालीको निर्वाचन क्षेत्र १, २ र ३मा ७९मा उन्मुक्तीले सबै क्षेत्र जिते निकालेको क्षेत्र हो । कैलाली पुर्वी क्षेत्रमा जतियता नारा सहित रेशमलाल चौधरीले स्थापना गरेको पार्टीको सो क्षेत्रमा दबदबा रहेको क्षेत्र हो । अहिले उक्त पार्टी बिभाजन भएर धुजाधुजा भएको छ । रास्वपा, नेकपा र उज्याले पार्टीबाट उम्मेदबार बनेका तिन जनानै निर्वाचन मिति घोषणा हुनु अघि नागरिक उन्मुक्ती पार्टीकै नेता हुन् । रास्वपाकी कमला ज्ञवाली उन्मुक्ती पार्टीकी केन्द्रीय कोषाध्यक्ष रहेकी थिईन् भने नेकपाका रामलाल डगौरा केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिकाका सोही पार्टीबाट निर्वाचित मेयर रहेका हुन् । उज्यालो पार्टीबाट उम्मेदबार बनेका प्रदिप चौधरी पनि उन्मुक्ती पार्टीकै केन्द्रीय सदस्य रहेका थिए ।
अहिले तिनै जना फरकफरक पार्टीबाट उम्मेदबार बनेकाले पनि सो क्षेत्रको निवाचन अझै रोचक बनेको छ । नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता र संक्षक रेशमलाल चौधरी श्रीमन् श्रीमती हुन् । दुबै बिच असन्तुष्टी बढेपछि दुबैले अलग भएका छन् । रेशमलाल चौधरीले नगरिक उन्मुक्ती पार्टी नेपाल अर्कै पार्टी खोलेर उम्मेदबार खडा गरेका छन् भने नगरिक उन्मुक्ती पार्टी भने प्रचण्डको नेतृत्वको नेकपामा एकिकरण भएको छ । रञ्जिता भने नेकपाबाट समानुपातीक उम्मेदबार बनेकी छन् ।