धनगढी, १३ फागुन / निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिपक आचार्यले निर्वाचनमा सञ्चारकर्मीहरुको ठुलो भूमिका रहने बताएका छन्। पत्रकारले आफ्नो आचारसंहिता बिर्सेर कुनै पनि कार्य गर्न नहुने उनले बताए।
एक पत्रकार सबैभन्दा पहिले पत्रकार र त्यसपछि मात्रै आम मतदाता भएकाले आफ्नो जिम्मेवारी भुल्न नहुनेमा उपाध्यक्ष आचार्यले जोड दिए। सुदुरपश्चिमका समस्यासँग जुधेर पत्रकारिता गरिरहेका सम्पुर्ण पत्रकारलाई धन्यवाद दिदैं अगामी दिनमा पनि पत्रकारिताको मर्ममा रहेर काम गर्न आग्रह गरे।
नेपाल पत्रकार महासंघले सुदूरपश्चिम प्रदेश भरिका सञ्चारकर्मीहरुको उपस्थितिमा धनगढीमा निर्वाचन रिपोर्टिङ र आचारसंहिता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो ।