धनगढी १२ फागुन/डेमोक्रेटिक लयर्स एसोसिएसन कैलालीको बैठक मंगलबार धनगढीमा सम्पन्न भएको छ। एसोसिएसनका कैलाली अध्यक्ष प्रेम चन्दको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारलाई जिताउन प्रचारप्रसार अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ।
बैठकले जिल्लामा कांग्रेसका उम्मेदवारलाई बलियो बनाउन अनुकूल माहोल सिर्जना गर्ने, घरदैलो तथा विभिन्न जनसम्पर्क कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको जनाएको छ।
यसैबीच भेलाले अधिवक्ता देवराज भट्टको संयोजकत्वमा १५ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ। समिति मार्फत चुनाव लक्षित कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइने एसोसिएसनले जनाएको छ।