टीकापुर ६ फागुन / तरुण दल कैलालीको निर्देशन अनुसार कैलालीको क्षेत्र नम्बर १ मा ‘युवासँग उम्मेदवार’ कार्यक्रम सुरु भएको छ।
कार्यक्रमको सभापतित्व क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति कल्पेश कुवरले गरेका थिए। विशेष कार्यक्रममा क्षेत्र नम्बर १ का उम्मेदवार जनक चौधरीको प्रमुख उपस्थिति रहेको थियो। साथै, नेपाली काङ्ग्रेसका नेताहरू तथा तरुण युवाको पनि उल्लेखनीय उपस्थिति रहेको जानकारी तरुण दल कैलालीका जिल्ला अध्यक्ष नरेश कुवरले दिएका छन् ।
कार्यक्रममा युवा लक्षित मुद्दाहरूमा छलफल गर्नुका साथै आगामी निर्वाचनमा युवाको सक्रिय सहभागिताको लागि आग्रह गरिएको थियो।