धनगढी, ६ फागुन/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा जसले वाचा गरेको हो, वाचा पूरा नहुँदा सजाय पनि उसैले पाउनुपर्ने बताएका छन् ।
बुधबार धनगढीमा आयोजित परिवर्तन उद्घोषसभालाई सम्बोधन गर्ने लामिछानेले जनताले भोट दिने, जनतासँग नेताले वाचा गर्ने अनि सजाय फेरि भोट दिने जनताले पाउने क्रम अब नचल्ने बताए । उनले भने, “जनताले भोट दिने, जनतालाई नेताले वाचा गर्ने अनि सजाय पनि भोट दिने जनताले पाउने रु अब यस्तो चल्दैन ।”साथै, उनले जनताको अधिकार, जनताका मुद्दालाई, सुदूरपश्चिमका मुद्दालाई माग बनाएर वर्षौं अल्झाउने काम अब बन्द गरिनुपर्ने बताए ।लामिछानेले विभिन्न स्थानीय समस्यालाई वर्षौंसम्म पार्टीको एजेन्डा बनाउने र त्यसलाई भोट बैंक बनाउने काम भइरहेको पनि टिप्पणी गरे ।
फागुन २१ गते भोट हाल्ने नभई इतिहास लेख्ने दिन भएको उल्लेख गरे । जनताका अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणापत्रमा बल्ढ्यांग्रे अक्षरमा लेख्ने युगलाई अन्त्य गरिनुपर्ने उनको भनाइ थियो । “त्यसैले हामीले पाँच वर्षको स्थायी सरकारको माग गरेका छौंँ,” उनले नेपालको राजीतिक इतिहासमा कुनै राजनीति दलले जनतासँग पहिलोपटक कन्ट्रयाक्ट गरेको छ,” उनको भनाइ थियो । साथै, उनले पुराना दललाई लक्षित गर्दै अब छिटै एउटा सटर बन्द हुने दाबी गरे । उनले भने, “अब सटर बन्द हुन्छ । कि यिनको सटर बन्द गराइदिनुस् कि हाम्रो । एउटाको त बन्द हुन्छ । कुसाशनसको, बेथितिको, बेरोजगारी, अशिक्षा सबैको सटर बन्द गराउने हो ।
