धनगढी २ फागुन/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलारी गाउँपालिका कार्यसमितिको सभापतिमा पत्रकार लखन चौधरी नियुक्त भएका छन्।
पत्रकार चौधरीलाई पार्टीको केन्द्रीय सदस्य लक्ष्मण थारुले सोमबार एक कार्यक्रमका बीच पालिका सभापतिको जिम्मेवारी प्रदान गरेका हुन्। उनको नियुक्तिसँगै पार्टीले कैलारी गाउँपालिकामा संगठन विस्तारलाई तीव्रता दिने अपेक्षा गरिएको छ।
केन्द्रीय सदस्य थारुले पत्रकार चौधरीले पार्टी नेतृत्व र आम जनताको बीचमा सेतुको काम गर्ने विश्वास व्यक्त गरे। उनले पालिका तहमा पार्टीलाई बलियो बनाउन नवनियुक्त सभापतिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
यसअघि पनि विभिन्न सञ्चारमाध्यममा आवद्ध रहेर पत्रकारिता गरिसकेका चौधरीले आफ्नो अनुभवलाई पार्टी निर्माणमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।