धनगढी, २ फागुन / धनगढी ५ मा रहेको शैलेश्वरी इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २३औँ वार्षिक उत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ। “प्रेरणा, हौसला र संस्कार सहितको शिक्षा” भन्ने मूल नारालाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त समारोहमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गरिनुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रममा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, गायन, लगायतका विद्यार्थीहरूका विभिन्न प्रस्तुति राखिएका थिए।समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ भव्य बनाएको विद्यालयका प्रधानाध्यापक जगन्नाथ जोराले जानकारी दिए।
विद्यालयले शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान समेत प्रदान गरिएको थियो।
प्रधानाध्यापक जोराले विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र संस्कारयुक्त शिक्षामा जोड दिँदै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।
