काठमाण्डौ, २२ माघ / नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गते नै चुनाव हुने बताउनुभएको छ । लझापावासीहरूसँगको भेटघाट कार्यक्रमलाई हिजो बेलुकी सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘सम्भवतः’ चुनाव फागुन २१ गते नै हुने बताउनुभएको हो ।
यसअघि चुनाव हुने वातावरण बन्न नसकेको धारणा राख्दै आउनुभएका उहाँले चुनाव फागुन २१ गते नै हुनसक्ने र फागुन २१ गते हुन नसके वा केही समयपछि भए पनि हुने उल्लेख गर्नुभएको हो ।
ओलीले भन्नुभयो, ‘चुनाव आउँदैछ । सम्भवतः चुनाव हुन्छ । सम्भवतः फागुन २१ मै पनि चुनाव हुनसक्छ । यो सम्भवतः नै हो । यदि फागुन २१ मा भयो भने वा अलि पछि भयो भने वा जहिले हुन्छ ।