धनगढी,२२ माघ / कैलाली उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी बलका बरिष्ठ उपरिक्षक दिग विजय सुवेदी र निमित्त बाहिनिपती नं. ७ बैजनाथ बाहीनी, अत्तरिया ३४ नं. गणका गणपती खुम के.सी. को स्वागत गरेको छ।
सँगै यसै अवसरमा ३४ नं. गणका गणपती सुरेन्द्र राज रञ्जितको उद्योग वाणिज्य संघले १ बर्षको समयावधिमा गरेको उल्लेखनीय सेवाको कदर गर्दै विदाई (फेरि भेटौला) कार्यक्रम समेत गरेको कैलाली उद्योग वाणिज्य संघका कार्यकारी निर्देशन दिनेश ओझाले बताए।
कार्यक्रम कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाको अध्यक्षतामा सम्पन्न गरिएको हो। कार्यक्रममा संघका निवर्तमान अध्यक्ष पुष्पराज कुँवरसहित वर्तमान पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा उद्योग-व्यवसाय र सुरक्षा संयन्त्रबीच सहकार्य अझ सुदृढ बनाउने विषयमा सकारात्मक छलफल भएको संघले जनाएको छ।