डोटी । बडिकेदार गाउँपालिका–१ अलाडीस्थित महन्यालेश्वर आधारभूत विद्यालयमा एक कार्यक्रमबीच शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा वडा सदस्य धनबहादुर बम प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा गाउँ समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
मनोज साउँद र ललित दियाकोटीको समन्वय र सहयोगमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत १०० जना छात्र–छात्रालाई कापी र पेन्सिल वितरण गरिएको हो। शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बमले शिक्षाको विकासमा सबैको साझा जिम्मेवारी रहेको बताउर्दै यस्ता सहयोग कार्यक्रमले ग्रामीण भेगका विद्यार्थीलाई अध्ययनमा थप प्रेरणा मिल्ने बताउनुभयो। विद्यालयका प्रधानाध्यापकले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर रहने अपेक्षा गर्नुभयो।
स्थानीय स्तरमा गरिएको यस किसिमको सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।