अत्तरिया – कैलालीको धनगढीबाट श्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट स्रोत नखुलेको ५ लाख भारतीय रूपैयाँ सहित भारत घर भएका ३५ वर्षीय राहुल सिंह पक्राउ परेका हुन ।
उनलाई शुक्रबार साँझ प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।