अत्तरिया – कैलालीको अत्तरियामा २ बस एक आपसमा ठोक्किएका छन् । धनगढीबाट अत्तरिया तर्फ आउँदै गरेको सुन्दर सुदूरपश्चिम यातायात प्रालिको बस र नगर बस लेन परिवर्तन गर्ने क्रममा एक आपसमा ठोक्किएका हुन ।
सुपप्र ०१–००१ ख ३८९३ नम्बरको बसलाई लेन परिवर्तन गरेर बान्यापट्टि आउने क्रममा सुपप्र ०१–००१ ३७८६ नम्बरको नगर बसले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा दुवै बसमा क्षत्री पुगे पनि मानवीय क्षति भएको छैन । दुर्घटना स्थलमा प्रहरी भने पुगेको छैन ।