• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

उच्च गतिमा बालेन, २ दिनमै सुदूरपश्चिमका १२ निर्वाचन क्षेत्रमा भ्याए

धनगढी , १५ माघ / मंगलबार मात्रै सुदूरपश्चिममा पाइला टेकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेनले २ दिनमा मात्रै १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पुगेका छन् । मंगलबार कैलाली कञ्चनपुरका ८ निर्वाचन क्षेत्रमा पुगेका उनी बुधवार सुदूरपश्चिमका पहाडी जिल्लाका ४ निर्वाचन क्षेत्रमा पुगेका छन् । बुधवार उनी एक एक निर्वाचन क्षेत्र रहेका डडेल्धुरा, बैतडी, दार्चुला र बझाङ पुगेका छन् ।

बुधवार बिहान डडेल्धुुरा पुगेका उनले पार्टी कार्यालय तुफान डाँडामा पुगेका त्यहाँ उपस्थित पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट गरेका थिए । रास्वपाका नेता तथा डडेलधुराबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार ताराप्रसाद जोशीले बालेनको भ्रमण औपचारिक कार्यक्रमभन्दा पनि कार्यकर्ता र समर्थकसँगको संक्षिप्त भेटमा केन्द्रित रहेको बताए । उनले बालेनको उपस्थितिले पार्टी कार्यकर्ता र शुभेच्छुकहरूमा थप उत्साह र हौसला बढेको उल्लेख गरे ।

डडेलधुरामा छोटो समय बिताएका बालेन त्यहाँबाट बैतडी गएका थिए । बैतडीको पाटनमा पुगेर उनले समर्थकहरूलाई अभिवादन गर्दै पार्टी कार्यालयमा रहेको घण्टी बजाएका थिए । त्यहाँबाट दार्चुलाको गोकुलेस्वर स्थित पार्टी कार्यालय पुगेका उनी राती ८ बजे बझाङको बुङ्गल स्थित पार्टी कार्यालयमा पुगेका थिए । पार्टी कार्यालयमा उनले फागुन २१ गतेको निर्वाचनका लागि रास्वपाका उम्मेदवार सँग कुराकानी गरेर फर्किएका थिए । अधिकांश ठाउँमा रास्वपाको चुनाव चिह्न घण्टी बजाउँदै अभिवादन गर्दै बालेन हिँडेका थिए । उनी यसअघि अछाम सम्मको यात्रामा निस्कने कार्यक्रम रहेको छ ।

प्रतिकुल मौसमका बिच बालेनले एकै दिन पहाडका ४ जिल्लाको यात्रा पुरा गरेको भन्दै धेरैले आश्चर्य समेत व्यक्त गरेका छन् ।

कुनै पनि ठाउँमा मन्तव्य नदिएका उनले डडेल्धुरामा पुगेर सामाजिक सञ्जालमा आत्मीय सन्देश व्यक्त गर्दै ‘सुदूर अब दूर नाइँ, झिकै झिकै माया तम्लाई !’ भन्दै स्ट्याटस लेखेका थिए ।

माघ ५ गते पहिलो चुनावी घोषणा कार्यक्रम गरेका बालेन त्यसयता देश दौडाहामा छन् ।

माघ ६ गते झापाबाट मनोनयन दर्ता गरेर उनले भेटघाटलाई तीव्रता दिएका उनी माघ १० गते सम्म पूर्वी जिल्लाको भ्रमण सकेर माघ १२ गते पश्चिम नेपालको यात्रामा निस्किएका थिए । माघ १२ काठमाडौँबाट हवाई मार्गमार्फत नेपालगन्ज पुगेका उनी माघ १३ बर्दिया ठाकुर बाबा दर्शन गरेर सुदूरपश्चिम आएका थिए ।

बिहिबार, माघ १५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.