काठमाडौं– इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई ‘नाकको हड्डी भाँचिदिन्छु’ भनेर दिएको धम्कीको विषयमा संसद्मा छलफल भएको छ।
सांसदद्वय सुजाता परियार र हिरा गुरुङले स्थानीय सरकार प्रमुखले कानुनविपरीतको अभिव्यक्ति दिएको भन्दै कारबाही माग गरिएको छ।
सांसद परियारले संसद्मा प्रश्न गरिन्, ‘इटहरीको प्रमुखको हर्कत के हो? सभामुख महोदय, करोडौं खर्च गरेर सिध्याउँछु भन्नु लोकतन्त्रिक पद्धति भित्रै पर्छ?’
लोकतान्त्रिक पद्धति मर्दै गएको यसले आभाष गराएको भन्दै उनलाई तत्काल कारबाही गर्न उनले माग गरिन्।
यसैगरी सांसद हिरा गुरुङले दुई तिहाइको दम्भमा उनले पत्रकारलाई ‘नाकको हड्डी भाँच्न एक करोड छुट्याएको धम्की’ दिएको बताइन्। भनिन्, ‘यदि त्यस्तो होइन, राज्य छ भने फौजदारी अपराधअन्तर्गत कारबाही होस्।’