धनगढी,११ माघ / राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि मतदान सुरु हुने जानकारी दिएको छ । राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ ।
निर्वाचनका लागि सुदूरपश्चिमको धनगढीमा रहेको राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख का लागी छुटा छुटै बुथ निमार्ण गरिएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा ५३ प्रदेश सभा सदस्य मध्ये ५१ जनाले मतदान गर्ने छन् । प्रदेश सभा सदस्य दीर्घ सोडारी भ्रष्ट्राचार काण्डमा निलम्बन परेका छन् भने प्रदेश सभा सदस्य डाक्टर तारा जोशी प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएका छन् । त्यस्तै ८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा १७६ जना प्रमुख – उप प्रमुख मध्ये १७३ जनाले मात्रै मतदान गर्ने पाउने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए ।
राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा २ पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसका तर्फबाट बाजुराका खम्मबहादुर खातीले उम्मेदवारी दर्ता गरेका छन् । यसै गरी नेकपा एमालेका तर्फबाट कैलालीकी लीला भण्डारीले उम्मेदवारी दर्ता गराएकी छन् । यसै गरी नेपाली कम्युनिस्ट पार्टीले रोजी बस्नेत सुनार र टिकाराम जैसीलाई उम्मेदवार बनाएको छ ।
नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन गरेका छन् । यस अघि तत्कालीन नेकपाबाट निर्वाचित शारदा भट्ट र तारामान स्वारको समयावधि सकिएपछि निर्वाचन हुन लागेको हो ।