काठमान्डौं, ९ माघ / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग चुनावी सहयोगको अपिल गरेका छन् । शुक्रबार फोन गरेर लामिछानेले भट्टराईसँग सहयोग मागेका हुन् ।
खासमा भट्टराईले गोरखा २ मा उम्मेदवारी दिएपछि अरु दलहरूसँगै रास्वपा पनि दबाबमा छ । यहाँबाट रास्वपाले महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ ।
ुतपाईं हाम्रो अभिभावक हो । यसपटक हाम्रो महामन्त्रीलाई चुनावमा सहयोग गरिदिनुस्ु, रविले भट्टराईलाई भनेका छन् । बाबुरामले भने यसबारे ठोस जवाफ नदिएको बुझिएको छ ।