धनगढी, ८ माघ / कैलालीको चुरे गाउँपालिका वडा नं. १, सिमलीको श्री भैरौं आधारभूत विद्यालयमा अध्ययनरत जेन्हेदार अति विपन्न वर्गका ४० जना विद्यार्थी (छात्र-छात्रा) लाई शैक्षिक सामग्री सहयोग प्रदान गरिएको छ।
माघ ७ गते आयोजित एक कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई कापी र पेन्सिल सहयोग हस्तान्तरण गरिएको हो। सहयोगी दाता मनोज साउँदले आफु युएईमा रहनु भएका उनको तर्फबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, निवर्तमान प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीय समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले शैक्षिक सामग्री सहयोगले विद्यार्थीहरूको पढाइमा थप उत्साह र निरन्तरता आउने विश्वास व्यक्त गरे।
विशेषगरी विद्यार्थीहरूलाई शिक्षा प्रतिको ध्यान केन्द्रित गराउने उद्देश्यले गरिएको यस सहयोग कार्यक्रमले स्थानीयस्तरमा सकारात्मक प्रवाह परेको छ।