काठमाडौँ , ६ माघ / नेपाली कांग्रेसले प्रतिनिधिसभाका ९ क्षेत्रका उम्मेदवार टुङ्ग्याउन सकेको छैन । सभापति गगन थापाको सचिवालयले रातोपाटीलाई उपलब्ध गराएको सूचीमा ९ क्षेत्रमा उम्मेदवार टुङ्ग्याउन बाँकी छ ।
प्राप्त सूचीअनुसार कैलालीको क्षेत्र नम्बर ४ मा टुङ्गिन बाँकी छ । पार्टीका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलाई टिकट दिने तयारी गरिए पनि उनले नलड्ने बताएपछि त्यो क्षेत्रमा अझै उम्मेदवार टुङ्गिन सकेको छैन ।
त्यस्तै काठमाडौँका १० मध्य ४ क्षेत्रमा उम्मेदवार टुङ्गिन बाँकी छ । काठमाडौँ १, २, ६ र ७ उम्मेदवार टुङ्गिन बाँकी रहेको सचिवालयले पठाएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै चितवन १, मुस्ताङ १, सर्लाही ४ र पर्सा २ मा उम्मेदवार टुङ्ग्याउन बाँकी छ ।