धनगढी , २२ पुस / सुदूरपश्चिम प्रदेशसभाको आज बोलाइएको बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे बैठक बोलाइएको थियो ।
सभामुखको आदेशानुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।
जेनजी आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि चार महिनासम्म पुस १६ गते बैठक बसेको थियो । त्यसपछि नियमित चलिरहेको बैठक आजका लागि भने स्थगित भएको छ ।
