कोरोना संक्रमित ६० वर्षीया महिला २१ दिन अघि कैलाली पुगेको खुलेको छ। पर्साको वीरगञ्ज नाकामा चिया पसल सञ्चालन गर्दै आएकी महिला चैत ९ गते लम्कीचुहा नगरपालिका आएकी थिईन्।
उनलाई चैत १७ गते मात्र लम्की बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको थियो। उनको चैत २५ गते काठमाडौँबाट आएको तालिम प्राप्त स्वास्थ्यकर्मीको टोलीले नमूना संकलन गरी परिक्षणका लागि लगिएको थियो।
¥यापिड टेष्ट गर्दा नेगेटिभ रिर्पोट आएपछि महिलालाई घर फर्काइँएको थियो। तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना परिक्षण गर्दा पोजेटिभ देखिएपछि ती महिलालाई सेती प्रादेशिक अस्पतालको आईसोलेसन कक्षमा राख्न धनगढी ल्याईदैछ।