कैलालीमा फेरी क्वारेन्टाईनबाट घर पठाईएका एक जनामा कोरोना संक्रमण देखिएको छ। यसअघि पनि धनगढीकी ३४ बर्षिय महिलालाई क्वारेन्टाईनबाट घर पठाएपछि कोरोना देखिएकोमा आज फेरी ६० बर्षीय महिलालाई कोरोना देखिएपछि घर बाटै अस्पताल ल्याउन लागिएको छ।
जिल्लाको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बस्दै आएकी लम्कीचुहा नगरपालिका वडा नम्वर १ भुरुवाकी ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएपछि अस्पताल ल्याउन लागिएको हो।
लम्कीचुहा अस्पताल स्रोतले भन्यो, ‘१४ दिन क्वारेन्टाईमा राखिएपछि ति महिलाको ¥यापिड टेस्ट गरिएको थियो। ¥यापिडमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको थियो। अहिले प्रयोगशालामा स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पताल लगिएको छ।’ उनका अनुसार टीकापुर अस्पतालको एम्बुलेन्स मार्फत उनलाई सेती प्रादेशिक अस्पताल ल्याईदैछ।
यसअघि दुबईबाट नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको रिपोर्ट १४ चैतमा आएको थियो। त्यसको भोलिपल्ट परिवारका सबै सदस्यलाई १५ गते धनगढी रंगशालामा बनाइएको क्वारेन्टाइनमा ल्याइएको थियो।
तर, कोरोनाको कुनै लक्षण नदेखिएको भनेर तीन दिनपछि घर पठाइएको पाइएको थियो। घर पठाएको दोस्रो दिन परिवारका सदस्यको स्वाव संकलन गरिएकोमा उनीहरुलाई घर पठाईएको थियो। तीन दिनपछि ति युवकी ३४ बर्षीय भाउजुमा कोरोना पुष्टि भएपछि घरबाटै ल्याईएको थियो।