कैलालीमा र्यापिड टेस्टपछि घर पठाईएकी महिलाको प्रयोगशाला परीक्षण गर्दा रिपोर्ट ‘पोजेटिभ’ आएको छ। चिकित्सकहरुले ¥यापिड टेस्टको विश्वसनियता कम भएको बताउँदै आएका बेला यस्ले ¥यापिड टेस्टको विश्वसनियतामाथि थप प्रश्न खडा गरेको छ। जिल्लाको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बस्दै आएकी लम्कीचुहा नगरपालिका वडा नं। १ भुरुवाकी ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो।
लम्कीचुहा अस्पताल स्रोतले भन्यो, ‘१४ दिन क्वारेन्टाईमा राखिएपछि ति महिलाको ¥यापिड टेस्ट गरिएको थियो। ¥यापिडमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको थियो। अहिले प्रयोगशालामा स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पताल लगिएको छ।’ लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाका अनुसार टीकापुर अस्पतालको एम्बुलेन्स मार्फत उनलाई सेती प्रादेशिक अस्पताल ल्याईदैछ।
उनी वीरगन्जमा सामान्य व्यापार गर्दै आएकी थिइन्। वीरगन्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामा चैत्र ९ गते आएका थिए। पहिला क्यारेन्टाइनमा बस्न नमाने पनि सबैलाई राखिएको थियो। सुदूरपश्चिम प्रदेशमा यसअघि पनि चार जनाको कोरोनाको संक्रमण देखिएको छ। धनगढीका दुई, लम्कीका एक र कञ्चनपुरका एक जनामा संक्रमण देखिएको थियो।
