धनगढी।नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ।गृह मन्त्रालयले शुक्रबार तीन जना डीआईजीहरुको सरुवा गरेको प्रवक्ता आनन्द काफ्लेले बताए।
मधेस प्रदेशमा गोविन्द थपलिया, सुदूरपश्चिम प्रदेशमा ओमबहादुर राना र प्रवन्ध निर्देशनालयमा विनोद घिमिरेको सरुवा भएको छ।उमाप्रसाद चतुर्वेदी र डम्बरबहादुर विक एआईजी भएपछि मधेस र सुदूरपश्चिम प्रदेश खाली भएको थियो।
थपलिया केन्द्रीय अनुसन्धान ब्युरो र राना काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत् थिए।घिमिरे प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् थिए।