धनगढी, २६ चैत- नेपाली काँग्रेस गोदावरी नगर कार्य समितीले गोदावरी नगरपालिकालाई करिब २ लाख बराबरको खाधान्न सहयोग गरेको । काँग्रेसले बुधबार नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
नेपाली काँग्रेस गोदावरी नगर कार्य समितीका अध्यक्ष हेमप्रकास उप्रेतीले नगरप्रमुख हरि सिं साउँदलाई हस्तान्तरण गरेका हुन । नगरपालिकाले खडा गरेको कोष मार्फत लकडाउन प्रभाबित अति बिपन्न नगरबासीलाई बितरण गर्ने उदेश्यले ४६ क्विन्टल चामल, २ क्विन्टल नुन र ढेड क्विन्टल दाल दिईएको सभापती उप्रेतीले जानकारी दिए ।
आफ्नै कार्यक्रताबाट उठेको रकमबाट सो खाधान्न खरिदगरिएको काँग्रेसले जनाएको छ । सो अबसरमा नगरप्रमुख साउँदले बिपत्तीको बेला नगरपालिकालाई सहयोग गरेकोमा काँग्रेसलाई धन्यबाद दिए ।
खाधन्न हस्तानतरणको लागी सभापती उप्रेती ,सचिब तेज खड्का, निर्बाचन क्षेत्रिय सभापती दिनेश जोशी र खेम साउँद , वडा नम्बर २ का सदस्य कमल कडायत ,तरुण दलका सभापती शंकर खड्का, काङ्रेस नेता सुरत कार्की लगाएतको टोली नगरपालिका पुगेको थियो ।