• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

गौरा पर्वको आज दोस्रो दिनः बिरुडा धोइ न्वालाको गौरा मनाइँदै

 धनगढी,१३ भदौ । सुदूरपश्चिमको मौलिक पर्व गौराको शुक्रबार दोस्रो दिन गंगा गौराको रुपमा न्वालको गौराको पूजाआजा गरी मनाइँदै छ । यसलाई नानी अर्थात् सानी गौरा पनि भनिन्छ । गौरापर्वको दोस्रो दिन ब्रतालु महिलाहरूले नजिकको न्वाला, धारा, कुवा तथा पानी पँधेरोमा ‘बिरुडा’लाई धोएर मनाउँने गरेका छन । बिरुडा धोएकै ठाउँमा गौरा (माता पार्वती) को प्रतिमा बनाएर पूजा गरिन्छ ।

गौरा पर्वको पहिलो दिन महिलाले निराहार रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँच प्रकारका अन्न भिजाएर बिरुडा राखी गौरा पर्वको शुभारम्भ गरेका थिए । भाद्र द्वादशमीका दिन मनाइने गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्रमुख मौलिक लोकपर्व मानिन्छ । गौराको पहिलो दिन विरुडा पञ्चमी पर्दछ । यो दिन नारीहरू व्रत बसेर गौरा घर वा पधेरामा बिरुडा (केराउ, गहत, गुरास, गहूँ र मास) मिसाएर बनाइएको पञ्चअन्न भिजाउँछन् । यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ ।

अघिल्लो दिन भिजाइएका बिरुडालाई नजिकका न्वाला, धारा, कुवा तथा पानी पधेरोमा लगेर धुने चलन छ । व्रतालु महिलाहरूले बिहानै नुवाइधुवाई गरेर नजिकको न्वाला, धारा, कुवा तथा पानी पँधेरोमा गएर गौरादेवीको पूजाआजा गर्ने पनि गरिन्छ ।

हिमालयपुत्री पार्वतीको नाम गौरी पनि हो, पौराणिक कालमा शिवजीलाई पाउन गौरी अथवा पार्वती देवीले निराहार व्रत उपासना तथा आराधना गरेको विश्वासका आधारमा विवाहित महिलाले महेश्वर गौरीको नित्य पूजा गरी उपासना गर्ने पर्वको रुपमा सुदूरपश्चिममा मनाइने साँस्कृतिक परम्पराको दोस्रो दिन नजिकैको जलाशयमा बिरुडा भिजाउँदै गंगा गौरा पूजन गरिन्ने परम्परा रहिआएको पण्डित लोकराज भट्टले बताउनुभयो ।

गाउँका महिलाहरू सामूहिक रुपमा प्राचिन धारा नाउला तथा जलाशयमा गएर धान, बल साउँ पहेँलो गुबो र तिलको बिरुवालाई एकिकृत गरी माता पार्वतीको प्रतीक बनाइ शुद्ध पहिरन, व्रत बसी निष्ठाका साथ पूजा गरिन्छ भने पञ्चमीको दिन विधिवत राखिएको गहत गुराँस, सानो केराउ, कलाउँ र चना मिश्रण गरिने पञ्च दलहन गेडागुडीको बिरुडालाई धोइपखाली शुभ सगुन फाग गाउँदै गौराप्रसादलाई घर ल्याउने प्रचलन रही आएको पण्डित भट्ट बताउनुहुन्छ ।

गंगागौराका दिन सूर्य र बत्तीलाई अर्घ दिँदै गणेश कलशको पूजा गरी गौरा प्रतिमालाई महिलाहरूले भक्तिभावका साथ पूजेर द्वादशमीकाका दिन गौरापर्वको मुख्य पूजाको आह्वान गरी मुक्ताभरण सप्तमीका दिन मूल गौरा भित्र्याउने चलन रहेको उहाँले जानकारी दिनुभयो ।

विशेष गरी महिलाहरूका लागि अति महत्त्वपूर्ण पर्व गौरामा अटल शौभाग्य, सुखशान्ति र एकता तथा सदभाव कायमका लागि नारी मात्र नभइ पुरुषले पनि चैत, धुमारी र देउडा खेलेर भव्य रूपमा मनाउने गरेका छन् ।

शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.