धनगढी, १२ भदौं / बिगत ४ बर्ष देखि अमेरिकालाई कर्मभूमी बनाएकी देउडा गायिका चाँदनी मल्लले गौरापर्वको अवसर पारेर खोली रैशले नामक देउडा गित बजारमा ल्याएकी छन् ।
उनले अमेरिकामै गित रेकर्ड गराएकी हुन । गायीका चाँदनी मल्लका अनुसार उनी अमेरिकामा देउडा गित रेर्कड गराउने पहिलो कलाकार हुन । मल्लले अमेरिकाको बाल्टिमोरमा रहेको रागा एलआर स्टुडियोमा जुलाई ११ मा गित रेकर्ड गराएकी थिईन । गित चाँदनी मल्ल यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
आफ्नो कला संस्कृतिले बेला बेला झक्झक्याइ रहेको हुन्छ चाँदनीले भनिन्, ‘त्यसैले यो ब्यस्त जीवन बाट केहि समय निकालेर नयाँ कोशेली ल्याउने जमर्को गरेकी हुँ ।’ गितमा गायक तथा सर्जक महेन्द्र शाही राष्कोटी , शंकर सिंह बिष्ट , चाँदनी मल्ल र आशा शाही रहेका छन् । गितमा आर्थिक लगानी गायीका मल्लको रहेको छ । चाँदनी सुदूरपश्चिमको पहिलो डोटेली चलचित्र गौरीकी नायिका पनि हुन । उनले यस अघि पनि दर्जनौ देउडा गित गाएकी छन् । चाँदनी सुदूरपश्चिमकी चर्चित गायीका हुन ।