काठमाडौं।गृहमन्त्री रमेश लेखकले द्वन्द्व व्यवस्थापन दुई पक्षबीचको सम्झौता पनि भएको बताएका छन्।दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन नहुने उनको भनाइ छ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले भने,जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ।हामीले ठीक ढंगले बुझिदिनुपर्छ।द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो।
उनले भने, दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन हुँदैन।द्वन्द्वरत पक्षका बिचमा सम्झौता भएर संविधान बनेको हो।केही व्यक्ति संविधान असफल बनाउने षड्यन्त्रमा लागेको बताउँदै उनले यदि वर्तमान संविधान असफल भए देशमा द्वन्द्व हुने बताए।
यद्यपि संविधानलाई समय सापेक्ष संशोधन र संविधानको रक्षा आवश्यक हुने उनले बताए।संविधानले गरेको अधिकारको बाँडफाँटले द्वन्द्व उत्पन्न गराइरहेको भन्दै त्यसको व्यवस्थापन आवश्यक रहेको गृहमन्त्री लेखकले बताए।
अहिले पालिकामा प्राकृतिक स्रोत साधनको वितरण र सीमाको द्वन्द्व छ।द्वन्द्वका धेरै पाटा छन्। उत्पन्न द्वन्द्व र सम्भावित द्वन्द्वको व्यवस्थापन गर्नुपर्छ उनले भने।
द्वन्द्व व्यवस्थापनको विषयमा अध्ययन अध्यापन गर्नेहरु बढेको भन्दै उनले यसमा छात्रवृत्ति कोटा बढाउन आफूले पहल गर्ने मन्त्री लेखकले बताए।