धनगढी २२ जेठ
नेपाल महिला संघ कैलालीको तेस्रो जिल्ला अबिधेशन बुधबार धनगढीमा सुरु भएको छ ।
नेपाल महिला संघ कैलालीकी अध्यक्ष कुन्तीदेबी चटौतको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेस कैलालीका पार्टी सभापति नरनारायण शाह प्रमुख अतिथी रहनु भएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालीकाकी उपमेयर शुसिला मिश्र भट्टले गरेकी थिईन् ।
कार्यक्रममा बिशिष्ट अतिथी नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका प्रतिपक्षदलका नेता डा. रणबहादुर रावल र नेपाल महिला संघकी केन्द्रीय कोषाध्यक्ष जानकी सिह रहनुभएको थियो ।
अतिथिहरु प्रदेश सदस्यहरु नन्दा बम, दिव्यश्वरी शाह, टेकबहादुर रैका रहनुभएको छ ।
अध्यक्षमा तिन जनाको चर्चा
जिल्ला अबिधेशनबाट नयाँ नेतृत्व समेत चयन हुने भएको छ । अधिबेशनमा नयाँ नेतृत्वका लागि तिन जनाको चर्चा चलिरहेको छ । सरस्वती बस्नेत, तुलसी देवकोटा र पुष्पा भट्टले अध्यक्षको दौडमा नाम चर्चामा रहेको छ ।






