• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

जयपृथ्वीबहादुर सिंहका विचार र योगदानमाथि केन्द्रित दुई कृति विमोचन

धनगढी,७ भदौ । राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४९औँ जन्मजयन्तीको अवसरमा बझाङमा दुई महत्वपूर्ण पुस्तक विमोचन गरिएको छ ।

शनिबार जयपृथ्वी नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले डा. स्टेफन लुइडद्वारा लिखित ‘विश्वबौद्धिक इतिहासमा जयपृथ्वीबहादुर सिंह’ र जयपृथ्वीबहादुर सिंहकै कृति ‘श्रेस्तादर्पण’ सार्वजनिक गर्नुभयो ।

डा. स्टेफन लुइडले लेखेर मिनबहादुर सिंहद्वारा प्रकाशित विश्वबौद्धिक इतिहासमा जयपृथ्वीबहादुर सिंह पुस्तकमा राजा सिंहको जीवन परिचय, निर्वासनमा बिताएका कठिन दिनहरू, शिक्षा, मानवतावादी दृष्टिकोण र सभ्यतागत योगदानलाई विश्व बौद्धिक इतिहाससँग जोड्ने प्रयास गरिएको छ ।

त्यस्तै, श्रेस्तादर्पण पुस्तकमा तत्कालीन श्री ३ र श्री ५ सरकारका प्रशस्तिपत्र, चौतरिया र रजौटाका लिखत, पत्राचार शैली, तथा जयपृथ्वीबहादुर सिंहले आफैंले तयार पारेका ऐतिहासिक दस्तावेज संकलन गरिएको छ ।

पुस्तक विमोचनपछि बोल्दै पूर्वमन्त्री जोशीले यी दुवै कृतिहरू इतिहासको अभिलेख मात्र नभई हालको राजनीतिक, सामाजिक र शैक्षिक परिवेशमा पनि महत्वपूर्ण हुने टिप्पणी गर्नुभयो ।

उहाँले जयपृथ्वीबहादुर सिंहका विचार र योगदानलाई भावी पुस्ताले अध्ययन र आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । विमोचन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, साहित्यकार, शिक्षक, पत्रकार, विद्यार्थीलगायतको उत्साहजनक सहभागिता रहेको थियो ।

गोरखापत्रकर्मी रोकाया ‘जयपृथ्वी पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित

यसैबिच मानवतावादी राजा तथा राष्ट्रिय विभूति जयपृथ्वी बहादुर सिंहको १४९औँ जन्मजयन्तीको अवसरमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले गोरखापत्र दैनिकका जिल्ला समाचारदाता तथा महासंघका निवर्तमान अध्यक्ष शैलेन्द्र रोकायालाई ‘जयपृथ्वी बहादुर सिंह लेखनवृत्ति पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरेको छ ।

उहाँसंगै नरेश स्मिृती पत्रकारीता पुरस्कार राससमा कार्यरत पत्रकार रमेश केसी र जनमुखी एफएममा कार्यरत पत्रकार अञ्जु खड्कालाई दिइएको प्रदान गरिएको छ ।

प्रत्येक वर्ष जयपृथ्वी जयन्तीका अवसरमा वितरण गरिने यो पुरस्कार यस वर्ष रोकायालाई प्रदान गरिएको हो । १९ वर्षदेखि बझाङमै रहेर पत्रकारिता गर्दै आएका रोकायाले यस सम्मानलाई आफ्नो लागि ठूलो प्रेरणाका रूपमा लिएको बताएका छन् ।

सम्मानपछि प्रतिक्रिया दिँदै रोकायाले भन्नुभयो, “यो पुरस्कार पाउनु मेरा लागि गौरवको विषय हो । यसले मलाई अझ बढी जिम्मेवार, अनुशासित र जनपक्षीय पत्रकारितामा समर्पित रहन हौसला दिएको छ ।”

शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.