• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बर्दगोरियामा मुक्त कमैया पुनर्स्थापना कार्यविधि बन्दै

धनगढी,४ भदौ । कैलालीको बर्दगोरिया गाउँपालिमा रहेका मुक्त कमैयाहरूको समस्या हल गर्न मुक्त कमैया, हलिया तथा कमलरी पुनर्स्थापना कार्यविधि बन्ने भएको छ । यसका लागि मङ्गलवार गाउँपालिकाले मुक्त कमैया समाज सँग समन्वय गरी छलफल सहित मस्यौदा समिति गठन गरेको छ ।वडा नम्बर १ का वडा अध्यक्ष एवम् पालिकाका सामाजिक विकास संयोजक मिथुन गौतमको संयोजकत्वमा ५ सदस्यीय मस्यौदा समिति बनेको छ । समितिमा गाउँपालिकाका कानुन अधिकृत तपेन्द्र न्यौपाने सदस्य सचिव छन् भने सदस्यहरूमा मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी, मुक्त कमैया समाजका सुदूरपश्चिम प्रदेश अध्यक्ष चन्द्रप्रसाद चौधरी र पूर्व कमलरी फुलकुमारी कठरिया रहेका छन् ।

समितिले सरोकारवालाहरू सँग विभिन्न चरणमा छलफल गरी कार्यविधिको मस्यौदा तयार गर्नेछ । तयार मस्यौदालाई समितिले दफावार छलफलका लागि कार्यपालिकामा पठाउने छ भने छलफल पश्चात् कार्यपालिकाले कार्यविधि स्वीकृत गर्नेछ । यो कार्यविधि निर्माण भए बर्दगोरियामा रहेका मुक्त कमैयाहरूको समस्या समाधान गर्न सहज हुने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरको बुझाई छ । मुक्त कमैयाहरूका लागी आवास निर्माण, निःशुल्क शिक्षा, विभिन्न सीपमूलक तालिम तथा सरकारी अनुदान लगायतका कार्यहरू सञ्चालन गर्न कार्यविधिले सहजता ल्याउने उनको भनाई छ ।

“पहिलो कुरा त सेवा सुविधा पाउन मुक्त कमैयाको पहिचान हुनु प¥यो । त्यो पहिचान भनेको परिचयपत्र हो । हाम्रो पालिकामा बसोबास गर्ने करिब १ हजार ५ सय मुक्त कमैयाका घरपरिवार मध्ये करिब ३ सय घरपरिवार सँग अझै पनि परिचयपत्र छैन । परिचयपत्र नभई सरकारले सेवा सुविधा दिन मिल्दैन । उनीहरू हाम्रै दाजुभाइ हुन, कार्यविधि नहुँदा मुक्त कमैया पहिचान गर्न पनि समस्या भयो । यसकालागि मुक्त कमैया समाज सँग सहकार्य गरेर काम अघि बढाएका छौ ।” अध्यक्ष कुँवरले भने । कार्यविधि निर्माणमा मुक्त कमैया पहिचानको सवाललाई गम्भीर रूपमा उठाइने छ । धेरै मुक्त कमैयाहरूले परिचयपत्र नपाएकै कारण सेवाबाट वञ्चित हुनु परेकाले कार्यविधिमा सबैभन्दा बढी मुक्त कमैया पहिचानका आधारहरू तय गरिने मस्यौदा समिति संयोजक मिथुन गौतमले बताए ।

उनका अनुसार पहिचान सँगै मुक्त कमैयाको जीविकोपार्जन सवाल, सीपमूलक तालिम तथा अनुदानको सवाल, सुरक्षित आवास निर्माणका सवालहरू पनि कार्यविधिको प्राथमिकतामा पर्नेछन् । बर्दगोरियामा वडा नम्बर ३ र ४ मा सबैभन्दा बढी मुक्त कमैयाहरूको बसोबास रहेको छ भने परिचयपत्र नपाउने समस्या वडा नम्बर ३ मा सबैभन्दा बढी छ । स्थानीय सरकारले कार्यविधि निर्माण गरे पश्चात् मुक्त कमैयाको पहिचान सँगै राज्यको सेवा सुविधामा पनि उनीहरूको पहुँच बढ्ने र उनीहरूको जीवनयापन सहज हुने अपेक्षा गरिएको छ ।

बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.