• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बसाइँसराइले रित्तियो पसेलागाउँ

धनगढी,२ भदौ । करिब ४० भन्दा बढी परिवार सङ्ख्या रहेको अजयमेरु गाउँपालिका–४, पसेलागाउँमा अहिले जम्मा १२ परिवार मात्रै छन् । गाउँमा विद्युत्, खानेपानीका धारा, दुईतिरबाट कच्ची सडक, गाउँनजिकै करिब आधा घण्टाको पैदल दुरी चिपुरमा माध्यमिक विद्यालय र स्वास्थ्य प्रहरी चौकी छन् । उब्जाउका हिसाबले पनि पसेलालाई राम्रै मानिन्छ । चरिचरनका लागि प्रशस्त घाँसे जमिन र जङ्गल पनि छन् । यतिका सम्भावना र आधारभूत सुविधा हुँदाहुँदै गाउँ भने बसाइँसराइले रित्तो भएको छ ।

पसेलागाउँ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको पुख्र्यौली गाउँ पनि हो । यस गाउँमा सार्की, पाण्डेय र विष्ट बसोबास गर्दै आइरहनुभएको छ । सङ्घीयता व्यवस्था लागु हुनुअघि डडेलधुराका १८ वटा गाउँ विकास समितिमध्ये चिपुर एक गाविस थियो । त्यो बेला पसेलागाउँ सिङ्गो वडा नम्बर ७ थियो । २०७० सालमा भएको प्रतिनिधि सभा निर्वाचनका बेला पसेलागाउँमा ९६ मतदाता थिए । जनसङ्ख्या थियो करिब पाँच सय बढी तर हाल भने यो गाउँको जनसङ्ख्या करिब एक सय मात्रै छ ।

बाख्रा चराउँदै गर्नुभएकी ७१ वर्षीय कलावती विष्टले आफ्नो श्रीमान्, जेठो छोराबुहारी र नाति कञ्चनपुरको लालपुरमा बस्दै आउनुभएको बताउनुभयो । आफू भने कान्छो छोरासँग पसेलागाउँमै बस्दै आएको उहाँले बताउनुभयो । पहाडमा काम गर्न सजिलो नहुने भएकाले तराई जाने गरेको उहाँले बताउनुभयो ।

परिवारमा सङ्ख्या बढ्दै जाँदा भएको जमिनको खण्डित बाँडफाँटले बसाइँसराइ बढेको स्थानीय टीकाराम पाण्डेयले बताउनुभयो । उहाँले आफू पनि तराई नै बस्दै आएको हो, साउनको महिनामा देवताका मन्दिरमा दियो बाल्न मात्रै आएको बताउनुभयो । एक बुवाका पाँच वटा छोरा हुँदा पाँच रोपनीमा एक एक रोपनी भाग प¥यो । उहाँले भन्नुभयो, “त्यो पनि एकै ठाउँको जमिन नबाँडी घरमै भाग हाल्नेदेखि आँगन, करेसाबारी, पाखोबारी, खेत, घाँस काट्ने जमिन बाँड्दा ससानो भाग पर्ने भयो । एकलौटी जमिन बाँडफाँट नहुँदा काम गर्न सबैतिर जानुपर्ने हुँदा कामको बोझ बढ्यो । अनि एकलौटी जमिन र सुविधा खोज्न थालेपछि सबैको रोजाइमा तराई प¥यो । अहिले आएर गाउँघर सुनसान बन्यो ।”

एकरदुई वर्षमा थप परिवार पनि तराई झर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । कुल देवताको पूजाआजा र गौराको बेला बिरुडा राख्ने वर्ष गाउँवासी सबै थातथलो फर्किने गरेको उहाँले बताउनुभयो । यस वर्ष गौरामा बिरुडा पर्ने भएकाले गाउँछोडी गएका अधिकांश फर्किने उहाँले बताउनुभयो तर गौरा पर्वसँगै सबै गाउँले आआफ्नो बसाइँ भएको क्षेत्रमा फर्किने छन् ।

सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.