धनगढी, २० चैत-नेपाल बिद्यार्थी संघ कलाली क्षेत्र नम्बर ५ क्षेत्रिय समितिले प्रहरीलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ । संघले बिहिबार वडा प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरिक्षक हेमराज भट्टलाई स्वास्थ्य सामग्री खाजा सेट हस्तान्तरण गरेको हो ।
कोरोना भाईरसका देशभर लडकडाउन भएपछि दिनरात जनताको सेवामा खटिरहने प्रहरी सबै भन्दा बढी असुरक्षित भएको भन्दै स्वास्थ्य सामग्री र खाज सेट बितरण गरेको नेपाल बिद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ५का क्षेत्रीय सभापति गजेन्द्र शाही गज्जुले जानकारी दिए । धनगढी बजारमा डियुटीमा खटिरहेका प्रहरी दाजुभाईलाई वडा प्रहरी कार्यालय मार्फत सबैलाई पुगोस् भनेर उक्त सामग्री प्रदान गरेको सभापति शाहीले बताए ।
नेविसंघले ८० सेट खाजा, पानी, जुस, मास्क, पञ्जा सामाग्री वडा प्रहरी कार्यालय धनगढीलाई सहयोग गरेको संघका क्षेत्र नम्बर ५का सचिव देवेन जोशीले बताए ।