तेज बोहरा/कैलाली २१ जेठ/संघीय सरकारका स्वास्थ्य मन्त्री तथा उप–प्रधानमन्त्री उपेन्द्र यादवले सुदूरपश्चिम प्रदेशको सेती अञ्चल अस्पतालको अनुगमन गरेका छन् ।

मंगलबार पार्टीको प्रादेशीक अभिमुखीकरण गोष्ठीमा सहभागी हुन धनगढी आएका मन्त्री यादवले प्रदेश सरकार मातहत रहेको अञ्चल अस्पतालको अनुगनम गरेका हुन ।
अस्पतालको अनुगमन गर्दै मन्त्री यादवले सेती अञ्चल अस्पताललाई संघीय सरकारबाट हुने सहयोगमा कुनै कमी नहुने बताए । उनले अस्पतालको व्यवस्थापन पक्ष बलीयो बनाउनु पर्ने संगै स्वास्थ्यकर्मीहरुको जनशक्ती कमी र ठुला मेसीनहरुकोे अभाव रहेको समस्यालाई मध्यनजर गर्दै डाक्टरहरुको पदपुर्ती र मेसीन खरिदमा सरकारले सहयोग गर्ने बताए ।

निमार्ण भईरहेको नयाँ भवन छिटो सम्पन्न गर्नुपर्ने बताए । उनले अञ्चल अस्पतालमा तत्काल भवनको अभाव रहेको र नयाँ भवन सम्पन्न भएसंगै समस्या समाधान हुने बताए ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका सामाजीक मन्त्री कृष्णराज सुवेदीले अस्पतालमा सुधार गर्नुपर्ने बिषयहरु थुप्रै भएको बताउदै संघीय सरकारले बजेटमा सुदूरपश्चिम प्रदेशलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन नभएको बताए ।
देशमा संघियता आएपनी संघीय सरकारद्धारा विनियोजीत बजेटमा सुदूरपश्चिम प्रदेशलाई पछाडीनै पारको बताए । मन्त्री सुवेदी स्वास्थ्य क्षेत्रमा सुदूरपश्चिम निकै पछाडी परेको भन्दै संघीय सरकारले गम्भीर हुनुपर्ने धारणा राखे । 

