बैतडी, १३ चैत/ बैतडीको पुरचौंडी नगरपालिकालको वडा नम्बर ५ को क्वारेन्टाईनमा स्थानीयले आक्रमण गरेका छन । भारतबाट फर्केका सुनील जागरीका बुवा नरेन्द्र जागरी सहितका ब्यक्तिले क्वारेन्टाइनमा आक्रमण गरेका हुन । उनले स्वास्थ्यकर्मी करन सिह धामीलाई चिरपटले हानेर चोटपटक लागेको छ । धामीको औला र शरिरमा चोट लागेको छ ।
बुधबार भारतको बैंगलोरबाट फर्केका सुनील जागरी सहितका ७ जनालाई पुरचौंडी नगरपालिकाले वडा नम्बर ५ कुवाकोटको भुमीराज मावि काटैमा क्वारेन्टाईनमा राखेको थियो । भारतबाट आएका छोरालाई किन राखेको भन्दै स्थानीय एक सहकारीका प्रबन्धक समेत रहेका नरेन्द्रले क्वारेन्टाईनमै पसेर कुटपिट गरेकोे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुवरले बताए ।
कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले क्वारेन्टाईनमा बसालेपछि परिवारका सदस्य आएर स्वास्थ्यकर्मीमाथि निर्धात कुटिपिट गरिएको पुरचौडी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विनोद कुँवरले बताए । कुटपिटबाट घाईते भएका स्वास्थ्यकर्मीलाई उद्धार गरेर हाट उपचारका लागि स्वास्थ्यचौकीमा पुगाईएको छ ।
विहीबार प्रेस विज्ञप्ती जारी गर्दै नगरपालिकाले, आफ्नो ज्यानको बाजी लगाएर उपाचामा खटिएका स्वास्थ्यकर्मी माथि हातपात गर्ने र औला चपाएर घाईते बनाउने ब्यक्तिहरुलाई कारवाहीका माग गरेको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पृथ्बीराज अवस्थी र स्वास्थ्य महाशाखाका प्रमुख विनोद कुवरले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा, कोरोना भाईरसको संक्रमणका खतरा बढी रहेका बेला, स्वास्थ्यकर्मीहरुको मनोबल घटने गरी गरिएको घटना निन्दनीय भएको बताएका छन ।
‘स्वास्थ्यर्कीको मनोब गिराउने नियमतले सबै कानुनहरुको उलंधन गरी कोही कसैबाट यस्ता खाले हर्कत हुनु कुनै हालतमा क्षम्य हुदैन, ज्यानको बाँजी लगाएर अहोरात्र ड्युटीमा खटिएको एक निर्दोष स्वास्थ्यकर्मी माथि आक्रमण् भई ज्यान सम्म लिने हर्कत भएकाले हदै सम्मको कारवाहीका लागि माग गदछौं । साथै सरकारले गरेको लकडाउनका विरुद्धको सजाय र सार्जजनिक अपराध ऐन २०२८ अन्तर्गत हदै सम्मको कारवाहीका लागि माग गर्दछौं’ नगरपालिकाले विहीबार जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
कोरोना भाइसर भित्रिन नदिन स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा सेवाका तत्पर रहन निर्देशन दिईरहेकै बेला स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनमै आक्रमण हुनु दुःखद् घट्ना भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
स्वास्थ्यकर्मीमाथि कुटपिट भएको जानकारी आएपछि घटना स्थलमा प्रहरी पठाईएको र प्रहरीले कुटपिटमा संलग्न नरेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । वडा नम्बर ५ का अध्यक्ष नागीसिह खडायतले पनि क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुलाई छोडनका लागि दबाब दिईरहेको बताईएको छ ।