धनगढी : सेती प्रादेशिक अस्पताललाई केही समयको लागी कोरोनाका बिरामीको मात्रै उपचार गर्ने गरी तयारी शुरु गरिएको छ । अहिले अन्य बिरामी को चाप कम हुँदै गएकोले अस्पतालको पुरा शक्ती कोरना रोकथाम र नियन्त्रणको लागी प्रयोग गर्ने गरि तयारी भईरहेको प्रदेशको सामाजिक बिकास मन्त्रालय स्रोतले बताएको छ । त्यो बिषयमा छलफल शुरु भएको छ ।
सामान्य बिरामीलाई अन्य सरकारी अस्पतालमा पठाएर सेतीमा कोरनाको बिरामीको मात्रै उपचार गर्ने तयारी भएको हो । देशमा पुरै लकडाउन भएको अबस्थामा अस्पतालको अन्य सेवा दिन गार्हो हुने भएकाले मन्त्रालयले त्यस्तो योजना बनाएको हो । अगामी दिनमा पनि कोरनाको संक्रमणको खतरा झनै रहेकाले मन्त्रालयले त्यस्तो तयारी गरेको हो ।
अहिले अस्पतालमा कोराना को आशंका भएका बिरामीहरुलाई राख्ने ५ वटा मात्रै आईसोलेसन कक्ष रहेका छन् । तर तिनिहरु पनि त्यती सुबिधायुक्त नभएको बिरामीहरुले गुनासो गरेका छन् । अस्पतालले नै थप ५० बेडको आईसोलेसन कक्ष निर्माण गर्ने भएको छ । त्यसको लागी हिजो मात्रै प्रदेश सरकारले बजेट बिनियोजित गरेको जनाएको छ ।