धनगढी १२ चैत/ कोरोना भाइरस बिश्वब्यापी फैलिएपछि यसको त्रास सम्पुर्ण नागरिकमा परेको छ । कोरोनाको त्रासले कोही बलि चढाउँदै छन भने, कोही पुजा आजा गरिरहेका छन् ।
बिश्वब्यापी महामारीका रुपमा फैलिसकेपछि नागरिकहरु आतंकित बनेका छन् । उनिहरु भाइरस नेपाल आइहाल्छकी भन्ने चिन्तामा छन् । भाइरस नेपाल नआवस भनेर धनगढी उप महानगरपालिका वडा नम्बर ३ का थारु समुदायले कुल देवताको पुजा गरेका छन् । परापुर्व कालदेखी महामारी निम्तिए यस्तै पुजा गर्ने र महामारीबाट मुक्त भएको किम्बदन्ती अनुसार कुल देवताको पुजा गरेको पुजारी सुक्कै चोधरीले बताए ।
कोरोनाको त्रास फैलिएपछि भगवानलाई गुहार्न पुजा गरेको धनगढी उप महानगरपालिका वडा नम्बर ३ कै फिरुराम चौधरीले बताए । यस पुजाले महामारी रोक्ने उनको बिश्वास छ ।