धनगढी, ११ चैत्र – कैलालीमा लक डाउनको उल्लङ्घन गरी सञ्चालनमा ल्याइएका १ सय २० भन्दा बढी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
लक डाउनको अवज्ञा गरी चलाइएका १ सय २० सवारी र सोही सङ्ख्यामा स्थानीयलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जिल्लाभरिबाट मोटरसाइकल, विद्युतीय रिक्सा र कार गरी सो सङ्ख्यामा सवारीहरू नियन्त्रणमा लिएको बताए ।
प्रहरीले उनीहरूलाई बजारका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।