धनगढी, ११ चैत- कोरोना भाईरसको महाविपत्तीबाट सुरक्षित रहन स्वाथ्य नेपाली काँग्रेस कैलालीले नेपाल रेडक्रसलाई सामग्री हस्तन्तरण गरेको छ ।
काँग्रेस कैलालीका सभापति नरनारायण शाहले मंगलबार नेपाल रेडक्रस सोसाइटी कैलालीका अध्यक्ष उत्तमराज जोशीलाई हस्तान्तरण गरेका हुन् ।
सबैले जनता, भारतबाट फर्केकालाई मात्रै चासो दिईरहेका छन् तर, उहाहरुलाई उपचार गर्ने स्वास्थकर्मीलाई साबधानी अपनाउने सामग्री नभएका कारण स्वास्थ्यकर्मीका लागि सामग्री हस्तान्त्ररण गरेको नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले जानकारी दिए । काँग्रेसले एक हजार पिस साबुन, पाँच हजार पिस डिस्पोजल पंजा र पचास हजार पिस टिश्यु रुमाल नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीलाई हस्तान्तरण गरेको हो ।
यस्तो विपतीका वेला सबैले आफ्नो क्षेत्रबाट एक जुटभई सामना गरी सहयोग गर्न पार्टी वडा स्तर सम्म पनि निर्देशन दिएको सभापति शाहले जानकारी दिए । काँग्रेस कोरोना भाईसरको जोखिमबाट सुरक्षित हुने सरकारलाई सहयोग गर्न सधै तयार रहेको समेत काँग्रेस सभापति शाहले बताए ।
सामाग्री बुझ्दै नेपाल रेडक्रस सोसाइटी कैलालीका अध्यक्ष उत्तमराज जोशीले धन्यवाद दिदै यसरी सबैले सहयोग पाउदा महाविपत्ती सामाना गर्न सहज हुने बताए । अध्यक्ष जोशीले यसरी नेपाली काँग्रेस झै सबैलाई सहयोगका लागि एक जुट हुन समेत अनुरोध गरे ।
