✍️आकास खड्का (आफ्नै कथामा आधारित)
आज बुबाको धेरै याद आयो । यो समयमा मलाई हजुरले एक्लै बनाएर जानु भयाे। हामीलाई छोडेर गएको पनि ६ महिना भयो। तपाईं बिना म अधुरो छु बुबा मिल्छ भने फर्किएर आइदिनुनस न बुबा , अहिले न त बोलाउन सक्छु न त भेटन सक्छु । हजुरका हरेक शब्द शब्दका याद आउँछन् बुबा , मलाई दिनको २/३ चोटी फोन गरेको मलाई सधैं जिम्मेवार बनाउनु हुन्थ्यो । अहिले साचै जिम्मेवारी दिएर जानु भयाे । तपाईँको बोलीको याद मात्र आउँछ बुबा । मसँग कुरा नगरी मलाई छोडेर किन जानुभयो ?
आज भोलि मलाई हजुर हुँदाको जस्तो आँट आउँदैन। दुनियाले मेराे बुबा छन् भन्छन् । समहालिनको लागि ठाउँ छ भन्छन्। म त अभागी हु तपाईंले छोडेर जानु भयो । सपनामा त आइरहनु हुन्छ,विपनामा पनि केही बेर फर्किदिनुन। बुबा भने रहर पुरा नगर्दै मेराे जिन्दगी बाट हजुरसँग बुबा भन्ने शब्द नै खोसेर लगिदियो दैबले बुबा हजुरलाई मैले नसम्झेको कुनै पल छैन। जुन दिन मलाई छोडेर जानु भयो त्यो दिन देखि खै, म कहां हराए?बुबा
आफ्नो पाइलाको गन्तव्य नै बिराए आफ्नो खुसी र उमङ्गलाइ गुमाए सबैको बिचमा नि आफूलाई एक्लो पाए खै, बुबा ;
मनभित्र सजाएको घरलाई भत्काए सबैको सामु आफूलाई मौन बनाए बिना कारण सबै मसँग टाढिदै गए। जुन दिन म एक्लो भए त्यो दिनबाट मस्तिष्क भित्र अपार प्रश्नको घर बनाए खोला मैं आँखाबाट आँसुको धारा बगाए आफ्नो वास्तविक अस्तित्वलाई गुमाउदै गए जिन्दगानीको सुन्दर जीवनलाइ हराउँदै गएँ।
घरको बलियो खम्बा भाँचियो, आमाको बिजोग थियो। आफन्तको घुइचो थियो तर साथमा कोही थिएन, सम्झिदा सब थोक आँसु आउथ्यो तर परिवार सम्हाल्ने म र दाई बाहेक अरु कोही थिएन। लाग्थ्यो हाम्रो भाग्य यस्तै रैछ अरुलाई दोष दिएन, बहिनी सानै थि बिचरीलाई होस थिएन, अलि बुझ्ने मेरो दाई र मै थिए त्योदिन म मा पनि कुनै जोस थिएन। खोई किन लाग्न थाल्यो इस्वरले बद्ला लियो, दुख गर्दै थियौं एक्कासी घरमूली नै उठाई दियो, रातो हरीयो रङ मन पराउने आम सेतो कपडामा सजीन आखिर उनको के दोष थियो ।
बुबाका हरेक काम र जिम्मेवारी मेरो दाइ र मै मा सर्दै आए, पढ्ने र लेख्ने रहन पनि आफै मर्दै गए, चाहना अनेकौं थिए तर दुर्भाग्यवास ऋणी बनायो। पछि लाग्न छोडे त्यो दिन देखि कुनै हर्षको, मलाई खाँचो थियो त केवल सल्लाह अनि परामर्शको, किनकी जिम्मेवरिका साथ साथै रिनको भार पनि दाई र मै माथि थियो ।
घरमा आर्थिक स्रोतको मुख बन्द भयो। एक्लोपनको महसुस तब भयो जब बुबाको निधन भयो। तपाईं अहिले म देखि टाढा हुनुहुन्छ बुबा तपाईं सक्दैनौं फर्किन ।मलाई यहाँ तपाईंको कमी महसुस भइरहेको छ। मन किन खै कस्तो दुरी बढयो तपाईंसँग बुवा मायाँ गर्छु तर जताउन सक्दैन । अन्धकार कोठामा छु , मेरो साथमा तपाईंकै भित्ता मा राखेको एउटा फोटो मात्रै छ ।
लेखक : आकास खड्का (कैलाली बहुमुखी क्याम्पसमा कानुन संकायमा अध्ययनरत हुनुहुन्छ)