• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

फोटोन विद्युतीय गाडीको नयाँ शोरुमा धनगढीमा सञ्चालन

धनगढी,१० जेठ ।  कैलालीको धनगढीमा नयाँ फोटोन र सोकोनको (बतास एमएडब्लु कमर्सियल भेकल्स) शो रूम सञ्चालनमा आएको छ । शो रुपमको एक समारोहका बिच धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले उदघाटन तथा माउन्टेन ईभी सार्वजनिक गरिन् । सो अवसरमा बोल्दै उपप्रमुख रानाले विद्युतिय सवारी साधनको प्रयोगले प्रर्यावरणमा टेवा पुग्ने बताउँदै भनिन्–‘इन्धनका सवारी साधनका कारण वातावरणमा प्रदुर्षण बढेको छ ।

सोही कारण अब विद्युतिय सवारी साधननै उपयुक्त देखिन्छ ।’ उनले धनगढीले पनि विद्युतिय सवारी साधनमा प्रयोग गर्ने नीति लिएको बताउँदै थपिन्–‘हामीले विद्युतिय सवारी उपयोग गर्ने नीति लिएका छौं । जसका कारण गत वर्ष हामीले काठमाडौंबाट सवारी साधन ल्याउनुपरेको थियो । अहिले यहि शोरुम खुलेपछि सहजता भएको छ ।’
शोरुमले आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य सहित धनगढीमा शो रुमा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

यो कदम कम्पनीको गुणस्तरीय व्यावसायिक सवारी र सेवाप्रति प्रतिबद्धताको अर्को महत्वपूर्ण पाइलाको रूपमा लिइएको कम्पनीको भनाई छ । यसक्षेत्रको ‘उच्च गुणस्तर, कुशल, र भरपर्दो यातायात’ को बढ्दो माग पूरा गर्न सहयोग पुर्याउने कम्पनीका सेल्स हेड रघुनाथ पौडेलले बताए । नयाँ शोरूममा फोटोन र सोकोन सम्पूर्ण व्यवसायिक ११–१४ सिट उपलब्ध रहेको उनको भनाई छ ।

कुनै पनि लामो दुरी र छोटो दुरी यातायतको आवश्यकतालाई पूरा गर्न कम्पनी तयार रहेको उनले बताए । धनगढी र वरपरका क्षेत्रका ग्राहकहरूका लागि सजिलो पहुँच र उत्कृष्ट सेवा सुविधा दिने लक्ष्यसहित शोरुमको उदघाटन गरिएको उनको भनाई छ । यहाँग्राहकले फोटोनका नयाँ सवारीहरू हेर्न पाउनुका साथै सल्लाह, बिक्रीपछि सेवा र मर्मत सुविधा पनि प्राप्त गर्न सक्ने ईभी सेल्स हेड रचना राईले बताईन । बी.एम.सी.भी.

(बतास एमएडब्लु कमर्सियल भेकल्स) ले फोटोन मोटरको धनगढी र सुदूर–पश्चिम क्षेत्रको अधिकृत वितरकको नयाँ शोरूमको उद्घाटनसँगै, कम्पनीले आफ्नो नयाँ विद्युतीय सवारी फोटोन माउन्टेन ईभी भ्यान पनि औपचारिक रूपमा सार्वजनिक गरेको थियो । उनले भनिन–‘नेपालको यातायात क्षेत्रका लागि एक गेम–चेन्जर बन्ने अपेक्षा गरिएको छ ।’ माउन्टेन ईभी भ्यान १४देखि १६ जना यात्रु अट्ने, उच्च छाना भएको फराकिलो डिजाईनमा निर्माण गरिएको उनको भनाई छ । उनले भनिन –‘यात्रुहरूलाई आरामदायी हेडरूम प्रदान गर्छ । ५३।५८ केडब्लुएच क्षमताको ब्याट्रीले एक पटक चार्ज गर्दा ३०० किलोमिटरसम्म यात्रा गर्न सक्छ । जसले गर्दा यो नेपालका सबै भौगोलिक क्षेत्रहरूमा पनि उपयुक्त बन्न सक्छ ।’

उद्घाटन समारोहमा स्थानीय यातायात संघका अध्यक्ष तथा सदस्यहरू, साथै अटोमोबाईल क्षेत्रका उत्साहीहरू सहभागीका रहेको थियो । बीएमसीभीको बिक्री प्रमुख रघुनाथ पौडेलका अनुसार, कम्पनी पूर्णरूपमा बिक्री, पाट्स र सर्भिस प्रति प्रतिबद्ध रहेको छ । उनले भने, ‘फोटोनले अन्तर्राष्ट्रिय बजारमा अत्यधिक सफलता प्राप्त गरेको छ र व्यावसायिक ईभीको क्षेत्रमा नेतृत्व लिइरहेको छ ।’ उनले भने –‘धनगढीमा नयाँ इभि गाडी शोरूमको शुभारम्भले धनगढीमा महत्वपूर्ण पाइला कोरिएको छ । यस उपलब्धिले ब्रान्डको उपस्थिति मजबुत बनाउनुका साथै ग्राहकहरूलाई सहज रुपमा नवीनतम ईभी समाधान उपलब्ध गराउनेछ ।’

शनिबार, जेठ १०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.