२३, वैशाख / नेकपा एमालेको धनुषा जिल्लामा जारी ८औं अधिवेशनमा दुई पक्षबीच भएको झडपमा पाँच जना घाइते भएका छन्। घाइते हुनेमा भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दाससहित दुई नेता छन्, ।
निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवसमेत कुटिएका छन्। अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच विवाद चर्किएपछि कुर्सी हानाहान भएको थियो। निर्वाचन समितिमाथि समेत केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका थिए।