धनगढी,१९ बैशाख । सुदूरपश्चिम प्रदेशमा होमस्टे ९घरबास० दुई दिने कार्यशाला गोष्ठी आयोजना हुँदैछ। वैशाख २१ र २२ गते कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादा थारू सामुदायिक होमस्टे थारू गाउँमा कार्यशाला सञ्चालन हुँदैछ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा गाउँ विकास समितिका अध्यक्ष सुरेशराज जोशीले वैशाख २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सो कार्यक्रमको उद्घाटन गर्ने बताए।
उनले सो कार्यशाला गोष्ठीमा सुदूरपश्चिम प्रदेशभित्र सञ्चालनरत सामुदायिक तथा निजी होमस्टेबाट ७० जना प्रतिनिधिसहित होमस्टेकर्मी, पर्यटन विज्ञ, पर्यटन व्यवसायी र सरोकारवाला गरी झण्डै एक सय जनाको सहभागीता रहने बताए। गोष्ठीमा पर्यटन प्रवद्र्धनसँगै सम्बन्धित ‘आन्तरिक सुशासन’ विषयमा पर्यटनविद् डा। अलकबाबु प्रसाई र ‘दीगो होमस्टे पर्यटनको आधार’ विषयमा रैथाने कृषि तथा होमस्टे अभियन्ता एवम् विज्ञ तिलकबहादुर ढकालले कार्यपत्र प्रस्तुत गर्ने उनले बताएका छन्।