धनगढी, १७ वैशाख / प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी नगर इकाइले धनगढीमा वक्तित्वकला सम्पन्न गरेको छ। धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएमा विद्यार्थी परिषद्ले एसपीएमा अध्ययनरत विद्यार्थीको सहभागितामा वक्तृत्वकला प्रतियोगिता गरेको हो।
प्राज्ञिक विद्यार्थी परिषद्ले ३१ औँ स्थापना दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिरहेको छ यसै अवसरमा धनगढीमा पनि “शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआइ)को प्रभाव” भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको धनगढी नगर सचिव गीता जोशीले बताइन्।
एसपीएमा अध्ययनरत ९ जना विद्यार्थीको सहभागिता रहेको व्यक्तित्वकला प्रतियोगितामा निर्मला दाहाल प्रथम भइन्। यसैगरी द्वितीय यशोदा जोशी, तृतीय पुजा नगरी र सान्त्वना किरण ऐर भएका छन्। विजेताहरूलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ।
नगर सचिव गीता जोशीको संयोजकत्वमा सञ्चालन भएको कार्यक्रममा सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रमुख योगराज उपाध्याय (गौतम ) सहित प्राध्यापक डा. देवेन्द्र प्रसाद भट्ट र प्राध्यापक पुष्पराज ओझा रहेका थिए।
यसैगरी विद्यार्थी परिषद् बाट प्रदेश संह-संगठन सचिव एवम् राष्ट्रिय सचिव प्रेम बोहरा, केन्द्रीय सदस्य लवदेव धामी, प्रदेश सहसचिव गौरव भट्ट, धनगढी नगर सचिव गीता जोशी र नगर इकाइका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
एसपीएको सभा हलमा सम्पन्न कार्यक्रममा एसपीएमा अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको नगर पत्रिका संयोजक नारद भट्टले जानकारी दिए।
कार्यक्रम सञ्चालन विद्यार्थी परिषद्का कैलाली जिल्ला छात्रा प्रमुख सुनिता भट्टले गरेकी थिइन्।