धनगढी, १६ बैशाख/सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसमा रोजगारमुखी शिक्षा बिबिए लगाएतका संकाय ल्याउनु पर्ने बहस चलेको छ । धनगढीमा एक मात्रै त्रिबीमा अबाद्ध सामुदायिक क्याम्पस ऐश्वर्यामा बिद्यार्थीको मागलाई सुहाउदो बिषय ल्याउनु मनग उठेको छ । कार्यक्रमको प्रमुख अतिथी रहेका त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका विभागीय प्रमुख प्रा डा महानन्द चालिसेलाई अधिकांश बक्ताहरुले सबै मापदण्ड पुगेको क्याम्पसलाई नयाँ संकाय थप्न पहल गर्न अनुरोध गरेका छन् ।
मंगलबार धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसले १९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा नयाँ रुपमा स्थापित हुन थालेको क्याम्पसको बिकासका लागि सबै क्षेत्र एकजुट हुनुपर्ने बताएका छन् ।धनगढी उपमहानगरपालिका–५, हसनपुरमा अवस्थित क्याम्पसले मङ्गलबार विशेष कार्यक्रमका साथ १९ औं वार्षिकोत्सवको अवसरमा शैक्षिक प्रगतिका उपलब्धिहरू प्रस्तुत गर्दै अभिभावक दिवससमेत एकैसाथ सम्पन्न गरेको हो।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका विभागीय प्रमुख प्रा। डा। महानन्द चालिसेको प्रमुख आतित्यता रहेको उक्त समापन समारोहमा क्याम्पस सञ्चालन समितिका अध्यक्ष तथा धनगढी उपमहानगरपालिकाका पूर्व नगरप्रमुख निर्प बहादुर वडको अध्यक्षता रहेको थियो।सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार हेमराज पन्त, क्याम्पस प्रमुख धर्मदेव भट्ट लगायत विभिन्न शिक्षाप्रेमी, राजनीतिक तथा समाजसेवी व्यक्तिहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा क्याम्पस प्रमुख धर्मदेव भट्टले ऐश्वर्य बहुमुखी क्याम्पसमा बीबीए लगायतका प्रोग्रामहरू सञ्चालनका लागि कार्यक्रमका प्रमुख अतिथि तथा त्रिवि व्यवस्थापन संकायका विभागीय प्रमुख प्राध्यापक डाक्टर महानन्द चालिसेसँग आग्रह गरेका छन्।
यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा व्यवस्थापन संकायका विभागीय प्रमुख प्राध्यापक डाक्टर महानन्द चालिसेले सुदूरपश्चिम प्रदेशभरि त्रिबीबाट सम्बन्ध प्राप्त क्याम्पसहरू एउटामा पनि बिबिए प्रोग्राम नहुनुले सुदूरपश्चिमलाई न्याय नभएको बताएका छन्।साथै उनले जति सक्दो चाँडै नै बिबिए लगायतका प्रोग्रामहरू ऐश्वर्य बहुमुखी क्याम्पसमा ल्याउन पहल गर्ने बताएका छन्।
यसैगरी वार्षिक उत्सव समारोहमा समापन मन्तव्य राख्दै ऐश्वर्य क्याम्पसका क्याम्पस सञ्चालन समितिका अध्यक्ष निर्प बहादुर वडले क्याम्पसलाई आवश्यक विविए लगायतका प्रोग्रामहरू उपलब्ध गराइदिन आग्रह गर्दै आफूले पनि निरन्तर यसका लागि प्रयास गरिरहेको बताएका छन्।