धनगढी, १५ वैशाख / कैलालीको घोडाघोडीमा स्कुल बस दुर्घटना भएको छ । घोडाघोडी नगरपालिका–४ जनकपुरमा रहेको माता पार्वती विद्यामन्दिरको से १ ख १०४२ नम्बरको बस दुर्घटना भएको हो ।
सोमवार बिहान विद्यार्थी लिन जादै गर्दा घोडाघोडी नगरपालिका–९, रतिपुरमा बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा बसमा सवार चालक सहित चार जना सामान्य घाइते भएका छन । गैर चालकले बस चलाएको स्थानीयले आरोप लगाएका छन् । प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।