धनगढी, ११ बैशाख/कैलालीको गौरीगंगा नगरपालिका– ६ मा रहेको बाह्रवन साझेदारी बन व्यवस्थापन समूहको नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ । अहिले बिहान ८ बजेदेखी मतदान सुरु भएको हो ।
समितिको निर्वाचनमा अध्यक्षका लागि विर बहादुर चोखाल, डण्डीराज सुवेदी र टेक बहादुर बुढा चुनावी मैदानमा उत्रिएका छन । निर्बाचनमा जम्मा १ सय ४६ मतदाता रहेका छन् । जसमध्ये चुरेबाट ७ गौरीगंगाबाट २७, गोदावरीबाट ५६ र धनगढी उपमहानगरपालिकाबाट ५६ जना मतदाता रहेका छन् ।