धनगढी, ९ वैशाख/धनगढीको मुटुमा लक्ष्मी नारायण मन्दिर अवस्थित छ । ठिक सोको सामुन्ने छ चियाकफी घर । एलएन चोकमा रहेको चियाकफी घरमा पाइन्छ “भुने रोटी” । बिभिन्न उत्सवमा केक अनिवार्य जस्तै भइरहेको छ । केक स्वास्थ्यका लागि त्यति राम्रो नहुँने भन्दै त्यसको विकल्पका रुपमा चियाकफी घरले “भुने रोटी” को प्रवद्र्धनमा जोड दिएको छ । “भुने रोटी” स्वास्थ्यका लागि स्व्स्थ्यकर हुनेभन्दै चियाकफी घरका सञ्चालक खेमराज जोशी “भुने रोटी” बजारमा ल्याएका हुन् ।
जन्मदिन वा बिभिन्न कार्यक्रममा हेल्थी केकको रुपमा “भुने रोटी” बजार ल्याएको सञ्चालक जोशीको भनाई छ । प्रति केकको मूल्य ५०० रहेको र संगै निशुल्क दिया बाती दिने गरेको जोशीको भनाई छ । चामलको पिठो, दही, चिनी र घ्यूको मिश्रणबाट निसाउसे बनाइने भएकाले स्वास्थ्यका लागि राम्रो हुने जोशीको दावी छ ।
चियाकफी घरमा जोशीले महाराजा चियाका साथै फाफरको पकौडा, भेज मोमोका साथै मकै र कोदोको रोटी समेत बेच्दै आइरहनुभएको छ ।
जोशीले धनगढीको मालपोत कार्यालय नजिक पनि चियाकफी घर सञ्चालन गर्दै आएका छन् । भने रातोपुलमा चियाकफी दरवार सञ्चालन गरिरहेका छन् ।