काठमाडौं ८ वैशाख/शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।
उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् । शिक्षकको आन्दोलनका बिचमा शिक्षामन्त्रीको आन्दोलन अब कुन मोडमा जानेछ भन्ने अन्योल भएको छ ।