धनगढी, २ वैशाख/कृषिलाई व्यबसायीक करण गर्न सके मात्रै नेपालको अर्थतन्त्र मजबुत हुने बताएका छन् । कैलालीको टीकापुरमा डेमोक्रेटिक एग्रीकल्चरिट एसोसिएसन नेपाल (डान) सुदूरपश्चिम प्रदेश समन्वय समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरूले यस्तो बताएका छन् ।
अहिले सरकारले पनि युवालाई पलायन हुनबाट न्यूनीकरण गर्नका लागि कृषिलाई प्राथमिकता राखेको छ तर, सरकारले सोचे अनुकूल लक्ष्य हासिल गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री डा. रणबहादुर रावलले ६५ प्रतिशत कृषि क्षेत्रमा आश्रित छन् त्यसलाई व्यवसायीकरण गर्न सके मात्रै यो क्षेत्र सफल हुने बताएका छन् ।
पुरानै परम्परागत कृषि प्रणालीलाई परिमार्जित गरी किसान अग्रसर भए मात्रै यसमा क्रान्त सम्भव भएको बताउँदै नेता रावलले कृषि प्राविधिकले यसलाई सहजीकरण तर्फ लाग्न पनि अनुरोध गरेका छन् । उनले सरकाले पनि कृषि प्रविधिका नयाँ प्रविधि प्रवेश गराएर उत्पादनमा बढाउनु पर्ने धारणा व्यक्त गरेका छन् । अब कृषिलाई नयाँ प्रविधि प्रयोग गरेर आकर्षित बनाउन सबै एकजुट हुने बताए ।
डेमोक्रेटिक एग्रीकल्चरिट एसोसिएसन नेपाल (डान) प्रजातान्त्रिक बिचार बोकेका कृषि प्राविधिकहरूको सङ्गठन हो । उनीहरूले काँग्रेसले आफ्नो घोषणा र कृषिका योजना बनाउनका लागि प्रबिधिक तथा नीतिगत सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।
(डान) सुदूरपश्चिम प्रदेश समन्वय समितिकी संयोजक सुनिता पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री डा। रणबहादुर रावल रहेका थिए । कार्यक्रममा काँग्रेसका महासमिति सदस्य नवराज रावल, सुदूरपश्चिम विश्वविद्यालय कृषि विभागका डिन डा. विपणविलाश अधिकारी, काँग्रेस टीकापुर नगरका सभापति नरेशकुमार खत्री लगायतका डानका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । डानको उद्देश्य र कार्यका बारेमा पूर्व केन्द्रीय सदस्य रक्षा शर्माले प्रकाश परेकी थिइन् । कार्यक्रममा डानका सल्लाहकार डा.हमेराज अबस्थीले नेपाल सरकारको सहसचिव पदमा खुल्ला प्रतिस्पर्धाबाट नाम निकाल्न सफल भएको भन्दै सम्मानित गरेको छ ।